पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

1.32k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ५५३५ जनाको पिसिआर र ३६८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएकामा पिसिआरबाट १२३७ र एन्टीजेनबाट ५९४ जना पोजेटीभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप १५३३ जना संक्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा २० जनाले ज्यान गुमाएका छन् ।