ओलम्पिक नजिकिँदा कोरोना सङ्क्रमण बढ्यो

672
Shares

टोक्यो, (एजेन्सी) ।

टोक्यो ओलम्पिकको मिति जति नजिकियो त्यति नै आयोजक राष्ट्र जापानलाई तनाव भएको छ । ओलम्पिक हुन १३ दिन बाँकी रहेको अवस्थानमा लिथुआनियाका दुई जना र इजरायलका एक जना खेलाडीलाई कोरोना पोजिटिभ भएको छ । यी तीनै जना खेलाडीलाई आइसोलेट गरिएको छ । टोक्योको हनेडा एअरपोर्टमा एन्टिजेन टेस्टमा उनीहरू कोरोना पोजिटिभ देखिएका थिए ।

हालसम्म ६ खेलाडी कोरोना संक्रमित भेटिएका छन् । यसअघि युगान्डाका एक जना र सर्बियाका दुई खेलाडी कोरोना संक्रमित भएका थिए । लगातार संक्रमण बढेपछि टोक्योमा आपतकालीन स्थिति लागू गरिएको छ । यो २२ अगस्टसम्म लागू हुनेछ भने ओलम्पिक समापन २३ अगस्टमा हुनेछ । टोक्योमा पछिल्लो एक सातामा कोरोना संक्रमणको दर करिब ३३ प्रतिशतले बढेको छ ।

टोक्यो ओलम्पिकमा कोरोनाको सङ्क्रमणको बढ्दो अवस्था आएपछि सबै खेलमा दर्शक प्रवेश गराउन नसक्ने आयोजकले बताएको छ । तर, यो निर्णय पाँच पक्ष (अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटी, टोक्यो नगर पालिका, ओलम्पिक आयोजना समिति र जापान सरकार) को बैठकपछि लिइनेछ ।