विजेता नेपाली टिमका खेलाडीले पुरस्कार पाउने

140
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

गत चैतमा दशरथ रंगशालामा सम्पन्न भएको थ्री नेसन्स कपमा उपाधि जितेको नेपाली टोलीका सदस्यले पुरस्कार पाउने भएका छन् । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रधानमन्त्री निवासमा खेलाडीहरूलाई पुरस्कृत गर्नुहुनेछ । सो पुरस्कार वितरण कार्यक्रम आज हुने अखिल नेपाल फुटबल संघले जानकारी दिएको हो ।

पुरस्कार पाउने खेलाडीहरूमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ, त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोक राई, विशाल राई, सुनील बल, रवि पासवान, अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास छन् । टोली प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् ।

विश्वकप छनोट खेल नेपालमा नहुने भएपछि एन्फाले थ्री नेसन्स कपको अयोजना गरेको थियो । प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तानको यू–२३ टिमले सहभागिता जनाएका थिए । फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएर उपाधि जितेको थियो । घोषणा भएअनुसार फाइनल जितेका प्रत्येक खेलाडीले चार लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।