यौन दुव्र्यवहार गर्ने प्रिन्सिपल पक्राउ



ओखलढुंगा, (नेस) ।

दुई जना १० वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा चम्पादेवी गाउँपालिका–२ पुलामी टोलस्थित चण्डेश्वरी इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल झापा शिवशताक्षी नगरपालिका–८ झिलझिले घर भएका करण राईलाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई गत बिहीबार स्कुल गएको अवस्थामा कक्षाकोठाभित्र यौन दुव्र्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्