काठमाडौंमा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

266
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ६० जना र भक्तपुरमा ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौं उपत्यकामा आज ४१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २२ जनाको मृत्यु भएको छ ।