हालसम्म विश्वभर ४० लाख व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु


बेइजिङ : कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख २१ हजार ६५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ६१ लाख ५२ हजार १९८ जना रहेका छन् ।

विश्वभर तीन अर्ब ३९ करोड ३८ लाख ३३ हजार ५०० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । सो विश्वविद्यालयले जुलाई १० मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु     

संयुक्त राज्य अमेरिका तीन करोड ३८ लाख ४० हजार १८३ छ लाख ६ हजार ९९६
भारत तीन करोड ७ लाख ९५ हजार ७१६ चार लाख ७ हजार १४५
ब्राजिल एक करोड ९० लाख २० हजार ४९९ पाँच लाख ३१ हजार ६८८
फ्रान्स ५८ लाख ६५ हजार ७६७ एक लाख ११ हजार ४९२
रुस ५६ लाख ८८ हजार ८०७ एक लाख ३९ हजार ८९६
टर्की ५४ लाख ६५ हजार ९४ ५० हजार ९६
बेलायत ५० लाख ७५ हजार ९५७ एक लाख २८ हजार ६३१
अर्जेन्टिना ४६ लाख २७ हजार ५३७ ९८ हजार १४८
कोलोम्बिया ४४ लाख ७१ हजार ६२२ एक लाख ११ हजार ७३१
इटाली ४२ लाख ६८ हजार ४९१ एक लाख २७ हजार ७५६
स्पेन ३९ लाख ३७ हजार १९२ ८१ हजार ३
जर्मनी ३७ लाख ४२ हजार ३५५ ९१ हजार २३२
इरान ३३ लाख ४४ हजार १२२ ८५ हजार ५४३
पोल्याण्ड २८ लाख ८० हजार ७५५ ७५ हजार १५९
मेक्सिको २५ लाख ७७ हजार १४० दुई लाख ३४ हजार ६७५
इन्डोनेसिया २४ लाख ९१ हजार ६ ६५ हजार ४५७
युक्रेन २३ लाख १० हजार २४६ ५४ हजार ९४९
दक्षिण अफ्रिका २१ लाख ५७ हजार ६८७ ६३ हजार ८७३
पेरु २० लाख ७६ हजार ५३० एक लाख ९४ हजार ८४
नेड्रल्याण्ड १७ लाख ३६ हजार ६६६ १८ हजार ४८