बागमतीमा सकियो ६३ प्रतिशत रोपाइँ



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशमा असारको हालसम्म ६२ दशमलव ६२ प्रतिशत् रोपाईं सकिएको छ । प्रदेशका १३ जिल्लामा १ लाख ३२ हजार २ सय ३८ हेक्टरमा धानखेती हुने गर्दछ । त्यसमध्ये ८० हजार ६ सय ५९ हेक्टरमा रोपाईं सकिएको हो ।
गत वर्ष प्रदेशमा यही अवधिमा ५२ दशमलव २ प्रतिशत्मात्र रोपाईं भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत दीपेन्द्रमणि लामिछानेले जानकारी दिनुभयो । यस वर्ष चाँडै मनसुन भित्रिएको र मनसुनको सुरुमै भारि वर्षा भएकाले गत वर्षको तुलनामा यस वर्ष बढी क्षेत्रफलमा रोपाईं भएको हो ।

बागमती प्रदेशको ‘अन्नको भण्डार’ को रुपमा चिनिने चितवनमा ६५ प्रतिशत रोपाईं सकिएको छ । उक्त जिल्लामा धानखेती हुने २८ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये १८ हजार ५ सय ९० हेक्टर क्षेत्रफलमा रोपार्इं सकिएको हो । मकवानपुरमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये ७ हजार ७ सय हेक्टर क्षेत्रफल (७० प्रतिशत्) मा रोपाईं सकिएको सरकारी आँकडा छ ।

नुवाकोटमा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार ३ सय ५० हेक्टर क्षेत्रफल (३० प्रतिशत्) मा रोपाईं सकिँदा रसुवामा १ हजार ९३ हेक्टर क्षेत्रफलमध्ये ३ सय ८२ हेक्टर क्षेत्रफल (३५ प्रतिशत्) मा रोपाईं सकिएको छ । ललितपुरमा ४ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार १ सय ४० हेक्टर क्षेत्रफल (करिब ९० प्रतिशत्) मा रोपार्इं सकिएको छ ।

भक्तपुरका ४ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार ८५ हेक्टर (९५ प्रतिशत्) मा रोपाईं सकिएको छ भने काठमाडौंमा ७ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमध्ये ७ हजार ९२ हेक्टर (९० प्रतिशत्) मा रोपाईं सकिएको छ । काभ्रेपलाञ्चोकमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये ७ हजार १ सय ५० हेक्टर (४५ प्रतिशत्) मा रोपाईं सकिँदा सिन्धुपाल्चोकका १२ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ५ सय हेक्टर (४५ प्रतिशत्) मा रोपाईं सकिएको छ ।

रामेछापमा ८ हजार ८ सय १० हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९ सय ३३ (५६ प्रतिशत्) हेक्टर क्षेत्रफलमा धान रोपेर सकिएको छ । दोलखामा २ हजार ९ सय २० हेक्टर क्षेत्रफलमध्ये १ हजार ९ सय ८५.६ हेक्टर (६८ प्रतिशत्) मा हालसम्म रोपाईं सकि“दा सिन्धुलीमा १५ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ९ हजार ९ सय ४५ हेक्टर (६५ प्रतिशत्) मा रोपाईं सकिएको छ । प्रदेशको धादिङमा १२ हजार हेक्टर क्षेत्रफलमध्ये ४ हजार ८ सय हेक्टर (४० प्रतिशत्) मा रोपार्इं सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्