मोतीराम तिमल्सिना, काभ्रे ।
जिल्लाको विकट खानिखोला गाउँपालिकामा हिजो बुधबार दिउँसो २ बजे देखि खोलामा वेपत्ता भएका युवा सिन्धुली जिल्लाको पिपलमाडीमा मृत अवस्थामा फेला परेका छन् । युवाको खोजी गर्न सुरक्षाकर्मी र स्थानीयको निरन्तर सक्रियता थियो । साविक फलामेटार गाविस वडा नम्वर ८ हाल खानिखोला गाउँपालिका वडा नम्वर २ घर भएका २७ बर्षिय युवा सुनिल वाईवा खोला तर्ने क्रममा बुधबार दिउसो २ बजे साविक वडा नम्वर ५ र वडा नम्वर ६ को सिमानाबाट बगाएको हो ।
वाईवालाई बगाए लगत्तै प्रहरी र स्थानीयले खोजी कार्य तिब्र बनाएका थिए । भिमसेनस्थानबाट खानिखोलाको ताल्ढुंगा जाने आउने क्रममा हरेक वर्ष सर्वसाधारण जोखिममा पर्दै आएका छन् । स्थानीय इशारा खुलालका अनुसार खानीखोलाका विभिन्न स्थानमा सर्वसाधारणका लागि निर्माण हुनु पर्ने पुलहरु नहुँदा जोखिम बढ्दै गएको छ । बुधबारबाट बगेका युवाको सिन्धुलीको पिपलमाडीमा फेला परेको छ । स्थानीय युवा प्रदिप आचार्यले स्थानीय र प्रहरीको सक्रियतामा हिजोबाट बगाएका युवाको शव फेला परेको बताउनु भयो ।
प्रतिक्रिया