जागिर लगाइदिन्छु भन्दै युवतीलाई कम्वोडिया पुर्‍याएर बेच्ने एक पक्राउ

14
Shares

कठमाडौ (नेस) ।

फेसबुकबाट चिनजान गरी कम्वोडियामा राम्रो जागिर लगाइदिने भन्दै त्यहां पुर्‍याएर यौनदासी बनाउन बाध्य बनाउने एक जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

कम्वोडियामा कन्सट्रक्सन तथा ब्यापारको काममा लगाइदिने भन्दै ४ लाख ५० हजार रुपिया लिएर कम्वोडिया पठाउने धनकुटाका किसान राईलाई प्रहरीले धनकुटाबाटै पक्राउ गरेको छ ।

कम्वोडिया पुगेपछि खाना र बस्न कम्पनीले नै दिने र त्यस बाहेक एक लाख रुपिया तलव हुने भन्दै राईले ती युवतीलाई काठमाडौबाट कांकडभिट्टा हुदै आसाम, नागाल्याण्ड, ग्वाटीबाट मनिपुर हुंदै म्यानमारबाट पैदल हुदै थाइल्याण्ड पुर्‍याएर ती युवतीलाई कम्वोडिया पुर्‍याइएको थियो ।

कम्वोडिया पुर्‍याएपछि ती युवतीलाई चिनिया नागरिकहरु बस्ने घरमा काम गर्ने भन्दै राखिएको थियो । त्यहां रहेका चिनिया नागरिकले ती युवतीलाई यौन दासीको रुपमा प्रयोग गर्न थालेपछि ती युवती त्यहांबाट भाग्न सफल भएकी थिईन ।

कम्वोडियाबाट भागेर थाइल्याण्ड हुदै ती युवती नेपाल आएपछि मानव बेचबिखन ब्युरोमा उजुरी दिएकी थिईन । नाम परिर्वतित बबरमहल ७७ नाम गरेकी युवतीको जाहेरीको आधारमा प्रहरीले उनलाई धनकुटाको सहीदभूमी गाउंपालिका २ बाट पक्राउ गरी मानव बेचबिखन मुद्धामा कारवाही अगाडि बढाइएको ब्युरोले जनाएको छ ।