सशस्त्र प्रहरीद्वारा सालको काठ बरामद



न्युज अफ नेपाल, महोत्तरी ।

महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ स्थित बाँके खोला नजिकबाट असार २२ गते सशस्त्र प्रहरीले करीब १ लाख रुपैयाँ बराबरको ५५ क्यू.फिट सालको काठ बरामद गरेको छ ।

उक्त काठ सो ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लक्ष्मनीयाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सागरनाथ वन परियोजनाको कार्यालय महोत्तरीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्