करार कर्मचारी बढी हुँदा रोकियो तलब



अर्जुन बोहोरा, हुम्ला ।

सिमकोट गाउँपालिकामा कार्यरत स्थायी कर्मचारी भन्दा करार कर्मचारी बढी भएपछि तलब रोकिएको छ । स्वास्थ्य, कृषि शाखालगायतका शाखामा करार भर्ना भएपछि कर्मचारी र जनप्रतिनिधि ८० भन्दा बढी कर्मचारीले पारिश्रमिक र जनप्रतिनिधिले सेवा–सुविधा नपाउने अवस्था आएको हो ।

राजस्व बाँडफाँडअन्तर्गत मन्त्रालयबाट आउने बजेट नआएपछि गाउँपालिकाले भर्ती गरेका करार कर्मचारी र जनप्रतिनिधिले सेवा–सुविधा नपाउने अवस्था भएको प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताउनुभयो ।

केन्द्रबाट असार अन्तिम हुनलाग्दा पनि २ करोड भन्दा बढी राजस्व बाँडफाँडको रकम नआएपछि तलब खुवाउन नसकिएको उहाँले बताउनुभयो । संघीय सरकारबाट ७ करोड ३२ लाख २२ हजार बजेट आउनुपर्ने सिलिङ आए पनि अहिलेसम्म ५ करोड बजेट मात्र निकासा भउको आएको अधिकृत रोकायाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्