पहिरो जाँदा कोशी राजमार्ग अवरुद्ध



इन्द्र गिरी, संखुवासभा ।

संखुवासभाको धर्मदेवी नगरापलिका–४ छुम्मुङ भीरमा सोमबार बिहान पहिरो जाँदा कोशी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै गएको पहिरोले कोशी राजमार्गअन्तर्गत वसन्तपुर–चैनपुर–खादबारी सडक खण्डको भीरमा गएको पहिरोले जिल्ला सदरमुकाम खादवारी आउने नाका बन्द भएको हो ।

पहिरोका कारण यातायातका साधन तथा यात्रु बीच बाटोमै अलपत्र परेको स्थानीय बद्री घिमिरेले बताउनुभयो । छुम्मुङ भीर माथिबाट ठूल्ठूला ढुंगा झरी सडक अवस्द्ध भएको उहाँको कथन छ ।

पहिरो गई सडक अवरुद्धले अरुण तेस्रो जलविद्युत् आयोजनाका मालवाहक गाडी लगायत सयौ यातायातका साधन अलपत्र परेका छन् ।
पहिरोलो बगायो घर

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवामा पहिरोले एक घर बगाउँदा एक जना घाइते भएका छन् । माथिबाट ढुंगासँगै झरेको पहिरोले सिसुवा तेन्छोङका छतिसकुमार राईको घर बगाएको हो । पहिरोमा परी घरमूली छतिसकुमार राई गम्भीर घाइते भएका हुन् ।
आइतबार राति पहिरो झर्न थालेपछि भाग्दै गर्दा उहाँलाई माथिबाट झरेको ढुंगाले लागेको थियो भने घरमा रहेका श्रीमती र नातिनी भने भागेर बच्न सफल भएका आफन्त सन्तोस कुलुङले बताउनुभयो ।

पहिरोले घर पूर्णरूपमा क्षति पुर्‍याएको र पहिरोमा परी घाइते राईको टाउको र खुट्टामा चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य एकाइमा उपचार भइरहेको प्रहरीले जनाको छ ।

प्रतिक्रिया दिनुहोस्