काठमाडौंमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, ५०४० जना सक्रिय संक्रमित

364
Shares

न्युज अफ नेपाल, काठमाडौं

पछिल्लो २४ घण्टामा काठमाडौ्रंमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ७८ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौं उपत्यकामा ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका तीन जिल्लामा कुल ८ हजार १ सय ४८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हाल काठमाडौं जिल्लामा ५ हजार ४०, ललितपुरमा १ हजार ८२५ र भक्तपुरमा १ हजार २८३ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३४ जनाको मृत्यु भएको छ ।