कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको विरोधमा काठमाडाैंमा प्रदर्शन

560
Shares

भूपराज बस्याल, काठमाडौ ।
कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको विरोधमा काठमाडाैंमा प्रदर्शन गरिएको छ। शुक्रबार कालीगण्डकी सरोकार युवा समूहले विरोध प्रदर्शन गरेको हो।उहाँहरुले कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनालाई जनविरोधी, सभ्यताविरोधी र पर्यावरण खल्बल्याउने किसिमको भएको बताउनु भएको छ ।
प्रदर्शनकारीहरूले जनताको ‘आवाज यही हो, कालीमा पानी चाहियो’, ‘काली डाइभर्सन चाहिँदैन, पर्यावरण मास्न पाइँदैन’, ‘काली डाइभर्सन हुन दिँदैनाैं’ लगायतका नारासहितका प्लेकार्ड बोकेको देखिन्थ्यो । केहीदिन पहिले अर्थमन्त्री विष्णुप्रसाद पौडलले बुटवलमा आयोजित एक कार्यक्रमबीच कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय उद्घाटन गर्नुभएको थियो । जसका कारण अहिले लुम्बिनी र गण्डकी प्रदेशबीच द्वन्द्व निम्तिने देखिएको छ।
बुटवल क्षेत्रका स्थानीय तथा राजनीतिक कार्यकर्ताले उक्त विषयको समर्थन गरेपनि गण्डकी प्रदेशका राजनीतिक दल तथा स्थानीयले भने विरोध गरेका छन्। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता पुथ्वी सुब्बा गुरुङले त यो विषयमा खुलेरै विरोध गरिसक्नु भएको छ ।