अल्पायूमै अस्ताए विवेकशील साझा पार्टीका मुगु जिल्ला संयोजक मल्ल

280
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विवेकशील सझा पार्टीका मुगु जिल्ला संयोजक अजय मल्लको अल्पायूमै निधन भएको छ । संयोजक मल्लको २७ बर्षको अल्पायूमैनिधन भएको हो । कोरोना संक्रमणबाट उनको निधन भएको विवेकशील साझा पार्टी कर्णाली प्रदेश समितिले जनाएको छ । समितिले पार्टीले एक वैचारिक योद्धा एवं कुशल संगठक गुमाएको भन्दै शोक व्यक्त गरेको छ ।

कोरोना संक्रमणबाट स्वास्थ्य अवस्था गम्भीर बनेकाले उपचारका लागि सुर्खेत लैजाँदै गर्दा मल्लको बाटोमै मृत्यु भएको थियो । विसं. २०७५ देखि पार्टीमा संलग्न रहेका मल्लले जिल्ला संयोजकको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए । मल्लको सक्रियताका कारण मुगुमा नगरपालिकादेखि वडा तहसम्म कमिटी विस्तारमा पार्टीले फड्को मारेको कर्णाली प्रदेश कमिटी सदस्य अनिल शाहीले बताए । राजनीतिमा सक्रिय मल्ल युवा व्यवसायी पनि थिए । पार्टीका नेताहरुले मल्लको निधनले वैकल्पिक तथा सुसंस्कृत राजनीतिमा अपुरणीय क्षति पुगेको बताएका छन् ।