जाममा फसेको ट्रकमाथि खस्यो पहिरो

5.3k
Shares

न्युज अफ नेपाल, मुग्लिन।

अविरल वर्षाका कारण अवरुद्ध सडक खुल्ने आशामा सुरक्षित ठाउँ खोजेर बसको ट्रक जाममा फसैकै बेला पहिराको चपेटामा परेको छ ।

इच्छाकामना गाउँपालिका ६ जलविरे नजिकै जाममा लामवद्ध रुपमा रोकिराखेको ट्रकमाथि आज बिहान करिब ७ बजेतिर पहिरो खसेको हो । ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पहिरोले पुरे पनि हताहती भने नभएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

ट्रक नारायणढबाट मुग्लिनतर्फ सामान बोकेर आउँदै गरेको बताइएको छ । धेरै भागमा पहिरो खसे पछि मुग्लिन नारायणगढ खण्ड अहिले पूर्ण रुपमा अवरुद्ध छ ।

राजमार्ग अवरुद्ध हुँदा कैयौ सवारी साधन राजमार्गमा नै अड्किएका छन् ।