वृद्धालाई जर्वजस्ती करणी उद्योग आरोपमा एक युवक पक्राउ

448
Shares

न्युज अफ नेपाल, पाल्पा ।

७८ वषीया वृद्धालाई करणी उद्योगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । वुधवार दिउँसो १४ः३० बजेको समयमा माथागढी गाउँपालिका बस्ने बर्ष ७८ की बृद्धलाई जिल्ला रोल्पा लुङग्री गा.पा. ७ घर भई हाल माथागढी गाउँपालिकामा कुलो निर्माण सम्बन्धि लेबर काम गरी बस्ने बर्ष १९ को शंकर बिकले घरमा कोही कसै नभएको अबस्थामा मादक पदार्थ सेवन गरी मापसे गरी जवरजस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले विकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सो जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय, पाल्पाबाट प्रहरी निरिक्षकको .कमाण्डमा र प्रहरी चौकी माथा पाल्पाबाट प्रहरी सहायक .निरिक्षकको को कमाण्डमा टोली खटिई गई निज विकलाई प्रक्राउ गरिएको हो । निज विकमाथि जर्वजस्ती करणी उद्योगमा प्रहरीले मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।