माक्र्सवाद रोज्ने कि मुलुक ?


जनार्दन घिमिरे

२०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि पढाइको सिलसिलामा काठमाडौं आइयो । नेपाली कांग्रेसका सभापतिसमेत रहेका कृष्णप्रसाद भट्टराई अन्तरिम कालका प्रधानमन्त्री थिए । प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेकोले सिंगो देश नै चुनावमय भएको थियो । दिनहुँजसो ठाउँ–ठाउँमा विभिन्न पार्टीका सभाहरु हुने गर्थे । भर्खरै मात्र दलीय व्यवस्थाको अनुभव गर्दै गरेको मजस्तो राजनीतिप्रति खासै चासो नराख्ने मान्छेसमेत मिलेसम्म नेताको भाषण सुन्न जान्थें । त्यति बेला हाम्रो बसाइ काठमाडौंको रातोपुल र गौशालाको बीचमा थियो, जुन क्षेत्रमा नेपाली कांग्रेसको तर्पmबाट प्रधानमन्त्रीसमेत रहेका कृष्णप्रसाद भट्टराई उम्मेदवार थिए भने नेकपा एमालेतर्पmबाट सो पार्टीका महासचिव मदन भण्डारी ।

कांग्रेसको सभामा देखिने अधिकांश मानिसहरु केही बुझेका, परिपक्वजस्ता देखिन्थे भने एमाले सभामा युवा तथा मजदुरहरुको बाहुल्यता देखिन्थ्यो । भाषण गर्दा पनि ठट्टा गर्ने स्वभावका कृष्णप्रसाद यो वाद र ऊ वाद भन्दै आकाश–पातालका कुरा गर्दैनथे, गर्न सकिने र व्यावहारिक कुरा मात्र बोल्थे, मेलम्ची खानेपानीका कुरा उनले त्यसै बेला उठाएका हुन् । तर अन्य कांग्रेसीहरु बीपीको समाजवाद र बीपीको सपना भन्दै हावादारी कुरा गर्थे ।उता एमाले सभाको शुरुवात नै मुठ्ठी उचालेर, संसारका मजदुर एक हौं भन्दै हुने गथ्र्यो । उम्मेदवार र वक्ताहरु पनि कोही हिँड्दै, कोही साइकलमा त कोही अर्काको मोटरसाइकलमा बसेर आउँथे । सोभियत संघ विघटनको अवस्थामा पुगिसकेको र चीनमा उदारवादी अर्थतन्त्रको शुरुवात भइसकेको भए तापनि नेपालका कम्युनिस्टहरु, श्रमजीवी, गरिब तथा निमुखा वर्गको मुक्तिका खातिर जनवाद, साम्यवाद हुँदै समाजवाद भन्दै माक्र्सका कथनहरु सुनाउँथे ।

समानता र राष्ट्रहितका कुरा गर्थे । पूँजीवादी, साम्राज्यवादी र विस्तारवादी भन्दै अमेरिका, भारतलगायतका मुलुकहरुलाई मन फुकाएर गाली गर्थे । उमेर र अपरिपक्वताले होला, अझ भनौ कम्युनिस्टहरुका शब्दजालको प्रभावले होला म स्वयंलाई पनि कम्युनिस्टहरुले जितिदिए साँच्चै नै मुलुकबाट केही मात्रामा भने पनि गरिबी, असमानता, अन्याय, अत्याचार हट्ने थियो भनेझैँ लाग्थ्यो ।चुनाव भयो, कृष्णप्रसाद भट्टराईको नेतृत्वमा चुनाव लडेको नेपाली कांग्रेसले बहुमत ल्यायो भने नेकपा एमाले प्रमुख प्रतिपक्षको हैसियतमा पुग्यो तर स्वयं कृष्णप्रसादले भने चुनाव हारे । पछि नेपालको राजनीति बुभ्mदै गएपछि थाहा पाएँ कि उनलाई मदन भण्डारीभन्दा पनि बीपीका खाँटी समाजवादी अनुयायी गिरिजाप्रसादहरुले सत्ताको बागडोर आफ्नो हातमा लिन हराएका रहेछन् । बहुदलीय व्यवस्था पुनस्र्थापनादेखि गणतन्त्र स्थापना कालसम्मको १६–१७ वर्षमा केहीलाई छोडेर लगभग सबै पार्टीका बहुमत, अल्पमत, मिलिजुली गरी एक दर्जन जति सरकारहरु बने ।

यही अवधिमा देशको ढुकुटीमा सबैभन्दा बढी राजस्व बुझाउने जनकपुर चुरोट कारखानालगायतका दर्जनौं सरकारी, अर्धसरकारी स्वामित्वका उद्योगहरु टाट पल्टाएर कि त कवाडीको भाउमा बेचियो, कि बन्द गराइयो । बन्द नभएकाहरुलाई वायु सेवा निगमको अवस्थामा पु¥याएर दुहुनो गाई बनाइँदै छ ।कहिलेकाहीँ रात्रि बसमा काठमाडौं आउँदा–जाँदा बाटोमा पर्ने हेटौडा औद्योगिक क्षेत्रको त्यो झिलिमिलीे अब देख्न नपाइने भएको छ । विराटनगरतिर जाँदा–आउँदा दुहवीदेखि विराटनगरसम्म रहेका उद्योगहरुको चहलपहलले त्यो बाटो कटेको पत्तै हुँदैनथ्यो । त्यसमा पनि बिस्कुट कारखानाहरुबाट निस्कने वासनाले त झन् मनै लोभ्याउँथ्यो । किनमेल वा घुमफिरको लागि जोगबनीतिर जाँदा बाटोमा पर्ने जुटमिलको चहलपहल पनि कम्ताको थिएन । वीरगन्जतिर आउँदा सिमरादेखि वीरगन्जसम्म रहेका उद्योगहरुले दुहवी विराटनगरकै झल्को दिन्थे । बाहिरबाट हेर्दै रमाइलो लाग्ने वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना देखेपछि जो–कोहीले वीरगन्ज पुगिएछ भन्ने थाहा पाउँथे, जुन कुरा अहिलेको नयाँ पुस्ताका लागि कथाजस्तै भएको छ ।

निजी उद्योगहरुको मूलद्वारमा माक्र्स, लेनिन, स्टालिनलगायतका फोटोहरु सजाएर मजदुर संगठनहरु गठन भए । संगठनमा नेतृत्व गर्नेहरु मजदुरबाट नेता भए । कामै नगरी उनीहरुलाई तलब दिनुपर्ने भयो, प्रमोसनका पहिलो हकदारसमेत उनीहरु नै भए । विलासीपूर्ण जीवनप्रतिको आकर्षण बढ्दै गयो, जसको पूर्तिका लागि उद्योगपतिहरुलाई विभिन्न किसिमले दबाब दिन थालियो । चाहिँदो नचाहिँदो माग राखी गरिने बन्द, हडताल स्वाभाविक हुन थाल्यो । पार्टी र संगठनहरुको चन्दा आतंक धान्नै नसक्ने गरी बढेर गयो । आफ्नो श्रीसम्पत्ति लगाएर परिश्रमका साथ स्थापना गरेको उद्योगमा जोखिमजति आफ्नो तर वर्चश्व अरुको बढ्दै गएपछि उद्योगपतिहरुले असुरक्षित महसुस गर्न थाले, जसको परिणाम एकपछि अर्को गर्दै उद्योगहरु बन्द हुन थाले । हरेक क्षेत्रमा अराजकता तथा भ्रष्टाचार मौलाउँदै गयो । नेताको चाकडी गरेको भरमा मातहतका कर्मचारीहरुले आफ्नै हाकिमलाई तर्साउन थाले । शासकहरुमा इमानदारिता, नैतिकता तथा जवाफदेहिताजस्ता कुरा हराउँदै गए ।

ठूला–ठूला भ्रष्टाचार र राष्ट्रघात गर्न कसैको मन चसक्क नहुने भयो ।कांग्रेसीजनको त कुरै भएन, कम्युनिस्टको नामबाट माक्र्सवादी गीत गाउँदै चुनाव जितेर सत्तामा पुगेका चप्पलेहरुको समेत छोटो समयमै काठमाडौंमा दरबारहरु ठडिन थाले, करोडौंको गाडी चढ्ने भए । श्रमजीवी, गरिब र निमुखा वर्गको मुक्तिका कुरा एकादेशको कथाझैँ भयो । अब श्रमजीवी, गरिब र निमुखा वर्गको मुक्तिका कुरा उठाउने जिम्मा सत्तामा पुग्न नपाएका स–साना कम्युनिस्ट घटकहरुमा आयो, जसको नेतृत्व नेकपा माओवादीले लियोे तर कथा उही पुरानो । वर्गविहीन समाज, त्यसका निम्ति वर्गसंघर्ष अर्थात् कथित जनयुद्ध, हजारौंको हत्या, पूँजीवादी, साम्राज्यवादी र विस्तारवादीको नाममा अमेरिका, भारतलगायतका मुलुकहरुलाई गाली, कथित शान्ति सम्झौता, सत्ता रोहण, अर्बौंको भ्रष्टाचार, पूँजीवादी, साम्राज्यवादी र विस्तारवादीका सामु लम्पसार, राष्ट्रघात, श्रमजीवी, गरिब, निमुखाका नेता दलाल र बिचौलियामा रुपान्तरित ।

अहिलेको युगमा माक्र्सवाद बुझ्न घनश्याम भुसाल वा कथित माक्र्सवादी चिन्तकहरुसँग प्रशिक्षण लिइरहन आवश्यक छैन, जताततैका पुस्तक पसलहरुमा बिक्री नभई धुलाम्य भएका पुस्तकहरु छ्यापछ्याप्ती पाइन्छन्, अझ त्यो भन्दा सजिलो गुगलमा सर्च गरे जुनसुकै बेला जहाँसुकै पढ्न–सुन्न पाइन्छ । २०४६–४७ सालतिर खुलामञ्चमा सुनिने माक्र्सवादको चर्चा २–४ वर्षभित्र सिंगो मुलुकमा सुनिन थालेपछि माक्र्सवाद बुझ्न केही समय खर्चिएको थिएँ । माक्र्सवादबारे जस्ताको त्यस्तै भन्ने हो भने, संघर्षलाई सामाजिक जीवनको आधार मान्दै हिंसाद्वारा सामाजिक परिवर्तन, पूँजीवाद समाप्तिको निम्ति क्रान्ति, प्रजातान्त्रिक संस्थाहरु पूँजीपति वर्गको कठपुतली, धर्मलाई अफिम, राज्यविहीन समाज, अध्यात्मलाई निषेध अनि पूर्णरुपमा भौतिकवादी दृष्टिकोणजस्ता कुराहरु यसका प्रमुख विशेषताको रुपमा रहेका छन् । माक्र्सवादलाई जस्ताको तस्तै बुझेकाहरुलाई स्टालिनले गरेको लाखौंको नरसंहार, नेपालमा जनयुद्धको नाममा भएको हजारौंको हत्या र अहिले प्रधानमन्त्री खड्गप्रसाद ओलीबाट भइरहेका हर्कतहरु कुनै अचम्म लाग्ने विषय नै होइन ।

देवी–देवताको मन्दिर तथा मूर्तिहरु भत्काउनु, हिन्दूहरुको बाहुल्यता भएको ठाउँमा चर्च खडा गरिनु, गोवध गरेर भोज लगाउनु, सप्ताह र पुराण लगाएकोमा दोषी ठहर गर्दै पण्डित तथा पुजारीहरु मारिनुजस्ता धर्म, संस्कृति, सभ्यता, परम्परा, सामाजिक मूल्य–मान्यताहरु भत्काउने कामलाई प्रचण्ड–बाबुरामहरु समाज सुधारको संज्ञा दिन्थे । २५–३० वर्षअगाडि प्रतिपक्षमा रहेको र आफूलाई श्रमजीवीको मसिहा बताउने कथित माक्र्सवादीहरुको प्रभाव बढ्दै आजको अवस्थामा आइपुग्दा नेपालमा उद्योगधन्दाहरु हराउँदै गए र लाखौं श्रमिक विदेशिन बाध्य बनाइए ।दिनरात पूँजीवादलाई सराप्दै नेता भएकाहरु सत्ताको शिखरमा पुग्दा आज देश संसारभरमै भिखारी हुन पुगेको छ । महामारी संसारभर एकैपटक आएको थियो तर कतिपय देशले भ्याक्सिन बनाएर आफ्नो देशका सबै नागरिकलाई लगाई बाहिरी दुनियालाइँ बेच्दै छन् तर माक्र्सवादी शासक भएको हाम्रो देशमा आजका दिनसम्म पनि कसैले २–४ लाख डोज भ्याक्सिन दिने प्रतिबद्धता जनाएको खबरले अब बाँचिन्छ कि भन्ने आशमा बस्नुपर्ने अवस्थामा हामी छौं ।

सन् १९६२ मा चीनमा अकाल परेका बखत बेलायतले सहयोगस्वरुप जहाजमा सामान पठायो । हामी भएको भए जहाजमा फूलमाला चढाएर पूजा गथ्र्यौं, हाम्रा शासकहरु जहाजको छेउमा गएर फोटो खिचाउँथे, सेल्फी लिन्थे, सरकारका सल्लाहकारहरुले गौरवसाथ ट्विट गर्थे तर चिनियाँहरुले त्यो सहयोग अस्वीकार मात्र गरेनन्, हामी मर्न तयार छौं तर भिख स्वीकार्य छैन भनी लेखेर पठाए । तर हामी, हाम्रो नाममा दुनियाभरसँग भिख मागिदिएको सुन्दा खुशीका साथ प्रतिक्रिया जनाउँदै छौं । हाम्रो स्तर र विवेक यतिसम्म झरिसकेको छ कि, आज हामी जति बढी भिख मागेर मुलुकलाई ऋण बोकायो त्यति धेरै ताली बजाइरहेका छाै अनि अर्कोतर्पm नालायक र बेसर्म सरकार, चमत्कारी विकास र समृद्धि आएको राग अलाप्न छोड्दैन ।त्यस्तै किसिमले साम्राज्यवादी र विस्तारवादीलाई सरापेर कहिले नथाक्नेहरु आज उनीहरुकै सामु लम्पसार मात्र परेका छैनन् कि मुलुकको अस्तित्व नै समाप्त पार्न लागिपरेका छन् । राष्ट्रिय मुक्ति आन्दोलन चलाउने, संविधान जलाउने, सीमापारि बसेर देशमा नाकाबन्दी लगाउन सहयोग गर्ने, ‘मेरोे जीत भारतको जीत’ भन्नेहरुलाई उपप्रधानमन्त्री तथा मन्त्रीहरु बनाउन, माक्र्सवादद्वारा दीक्षित खड्गप्रसाद, हास्यव्यङ्ग्यका बेस्ट कमेडियन, सकुनीलाई समेत माथ गर्ने जाली र तिकडमबाज, भ्रष्टाचारी र स्वेच्छाचारीका नायक, नैतिकहीन र राष्ट्रघातका पर्याय बनेका छन् ।

जनता झुक्याउन मीठा–मीठा काल्पनिक कथाहरु रच्दै, जनतासँग घात, राष्ट्रसँग घात, हुँदाहुँदा व्यापार घाटाको नाममा प्रकृतिसँग पनि घात, यही हो अहिलेसम्म हामीले देखेको र भोगेको माक्र्सवाद ? सत्ताको नेतृत्व गरेको ३ वर्षभित्र नै वैदेशिक ऋण दोब्बर हुनु, ठूला–ठूला भ्रष्टाचारका काण्डहरु बाहिरिनु अनि यही अवधिमा स्वीस बैंकमा नेपालीहरुको खातामा आश्चर्यजनकरुपमा रकम जम्मा भएको खबरले धेरै कुरा स्पष्ट हुँदै छ । माक्र्सवादको बाई–प्रोडक्टको रुपमा रहेको गरिबी, दरिद्रता, भ्रष्टाचार, निरंकुशता, स्वेच्छाचारिता, अराजकताजस्ता कुराहरुबाट मुलुकलाई निकास दिने हो भने आमनेपाली माक्र्सवादी भ्रमबाट मुक्त हुन जरुरी छ । सरकार कब्जा, राष्ट्र प्रमुख कब्जा, संसद् कब्जा, संवैधानिक निकायहरु कब्जासँगै न्यायालयसमेत कब्जा गर्न खोज्नुले नेपालको सन्दर्भमा प्रस्ट संकेतहरु देखिँदै छन् कि माक्र्सवादी रहे मुलुक नरहला, मुलुक रहे माक्र्सवादी नरहलान् । अब ढिलो नगरी रोज्ने बेला आएको छ, माक्र्सवाद कि मुलुक ?