सेवा र किर्तिमानका लागि नाङ्गै स्काइडाइभिङ


न्युयोर्क, (एजेन्सी)

अमेरिकाको नेव्रास्का निवासी एक पुरषले केवल २४ घन्टाभित्र आफ्नो सुरक्षा उपकरण बाहेक अन्य कुनै लुगा नलगाइकन ६० पटक स्काइडाइभिङ गरेर विश्व किर्तिमान खडा गरेका छन् । ओमाहा निवासी रियान क्यानोफले भनेका छन्, ‘मैले यसरी लुगा नलागाई २४ घन्टा भित्र धेरे पटक स्काइडाइभिङ गरी किर्तिमान राख्छु भने गिनिज वल्र्ड रेकर्डसलाई जानकारी गराएको थिए । तर गिनिजले सोही समय अवधि भित्र कम्तिमा २५ पटक त्यसरी स्काइडाइभिङ गरेको खण्डमा मात्र किर्तिमानको उपाधि दिने शर्त अघि सा-यो । ’

हुन त उनले अनौपचारिक रुपमा यो समेत एक सयौं पटक यस अवस्थामा स्काइडाइभिंग पूररा गरिसकेका छन् । हालै आफ्ना एक मित्रको मृत्युको घटनाबाट निकै दुखित र स्तब्ध हुन पुगेका क्यानोफले मानसिक स्वास्थ उपचारका लागि आवश्यक कोष संकलन गरिदिने उद्देश्यले यो किर्तिमान राखेका हुन् ।

मानसिक अस्थिरताकै कारण उनका मित्रको मृत्यु भएको थियो । उनले पुरुषहरुलाई मानसिक रोग र आत्महत्याबाट जागाउने मुभेमवर फाउन्डेसन नामक एक सामाजिक संस्थाका लागि पैसा जुटाउन उनले विपिङ वाटर माथिको आकासबाट हामफालेर यो किर्तिमान राखेका हुन् ।