मिर्गाैला पीडितलाई सहयोग


काठमाडौं, (नेस)
मिर्गाैला रोगबाट पीडित फुलमाया तामाङलाई आर्थिक सहयोगका साथै खाद्यान्न राहतस्वरूप शनिबार प्रदान गरिएको छ । तेक्वान्दो प्रशिक्षक एवं निर्णायक अशोक खड्काको पहलमा आर्थिक समस्यामा परेकी पीडित तामाङलाई सहयोग गरिएको हो ।

ललितपुरको कुपण्डोलस्थित ज्वागल १० मा डेरा गरी बस्दै आएकी पीडितलाई पाँच हजार नगद र दुई हजार सात सय रुपियाँ बराबरको खाद्यान्न राहतस्वरूप प्रदान गरिएको थियो ।

तामाङ विगत चार वर्षदेखि मिर्गाैलाको उपचार गराइरहेकी छन् । खड्काले निवासमै पुगेर राहत वितरण गरे । यसअघिको लकडाउनका बेला पनि तामाङ परिवारलाई खड्काकै पहलमा राहतस्वरूप खाद्यान्न प्रदान गरिएको थियो ।