डा बुद्धिमानको पहलमा गल्याङ नगर अस्पतालमा दाँतसम्बन्धी उपचार हुने

5.4k
Shares

भूपराज बस्याल, स्याङ्जा ।

कालीगण्डकी एकीकृत बिकास केन्द्रका अध्यक्ष डाक्टर बुद्धिमान श्रेष्ठको पहलमा दात सम्बन्धि उपचारको लागी आवश्यक सामग्री र डाक्टर निशुल्क उपलब्ध हुनेभएपछी स्याङ्जाको गल्याङ नगरपालिकामा रहेकोे नगर अस्पतालमा दात सम्बन्धि उपचार हुने भएको छ ।

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्षसमेत रहनु भएका श्रेष्ठको पहलमा रोटरी क्लब अफ काठमाडौ नर्स, रोटरी इन्टरनेसनल ३२९२ र रोटरी क्लब अफ उपुजिङ्जङ ताइवान डिस्टिक ३४९० ले दन्त विभागको लागि आवश्यक सामग्री र श्रेष्ठले डाक्टर लगायत आवश्यक जनशक्ति उपलब्ध गराउने भएपछि गल्याङ नगर अस्पतालमा दन्त सेवा सुचारु हुने भएको हो । यो कोभिडको महामारी सकिए लगत्तै उक्त सेवा संचालनमा आउने पनि श्रेष्ठले जानकारी दिनुभयो ।

दुई बर्ष सम्म कान्तिपुर डेन्टर शिक्षण अस्पतालले दन्त सेवा संचालनको लागि आवश्यक जनशक्ति निशुल्क उपलब्ध गराउने गरि सहमति भएको छ । नगर अस्पतालमा दन्त विशेषज्ञ आउने भएपछि यश क्षेत्रका जनता हर्षित भएका छन् । कालीगण्डकी क्षेत्रको सम्रग विकासको निम्ति निकै लागि पर्नुभएका बि एम फाउन्डेसनका अध्यक्ष समेत रहनु भएका श्रेष्ठले यश क्षेत्रमा भुकम्पका समय, कोभिडका समयमा विभिन्न सहयोगहरु गर्दै आउनु भएको छ ।