होटल व्यवसायीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग

3.85k
Shares

यमलाल भुसाल, बुटवल ।

कोभिडको संक्रमणमा परेकाहरुलाई व्यवस्थापन गर्न आवश्यकता पर्दा होटलहरुलाई आइसोलेन र क्वारेन्टाइका लागि उपलब्ध गराएका होटल व्यवसायीहरु पनि कोभिडको फन्ट लाईनमा रहेकाले उनिहरुलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारसंग माग गरेका छन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठलाई विहिवार भेटी होटल व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले कोरोना संक्रमण रोकथामको लागि खोप नै सबै भन्दा उपयुक्त विधीका रुपमा लिएको र खोपको उपलब्धता नभयकाले समस्या हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले बताउनु भयो । मन्त्री श्रेष्ठले पर्यटन व्यवसायीलाई खोप उपलब्ध हुदाको समयमा प्राथमिकतामा राखेर व्यवस्था मिलाउने आस्वासन दिनु भयो ।

संघका अध्यक्ष राम प्रसाद गौतमले कोभिड १९ को संक्रमण लम्बिदै जाँदा सामाजिक तथा आर्थिक क्षेत्रमा पर्ने प्रभाव क्रमशः बढ्दै जाने मात्र नभई पर्यटन, होटल, व्यबसायी र मजदुरलाई मनोवैज्ञानिक रुपमा समेत सुरक्षित बनाउन र जीर्ण भएको अर्थतन्त्र चलायमान गराउनको लागि खोपको प्राथमिकतामा राख्नुपर्नेे धारण राख्नु भयोे ।

कोरोना महामारीको संक्रमण फैलिन नदिन सरकारले गरेको निषेधाज्ञाका बिच पनि होटल व्यवसायीले निर्वाध रुपमा कोभिडको संक्रमणमा परेकाहरुलाई व्यवस्थापन गर्न आवश्यकता पर्दा होटलहरुलाई आइसोलेन र क्वारेन्टाइका उपलब्ध गराएको र जोखिमका बिचमा पनि काम गर्ने व्यबसायी तथा मजदुरलाई कोरोना बिरुद्धको खोपमा प्राथमिकता दिन संघका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले सरकारसँग माग गर्नु भयोे ।

संकटको घडीमा महामारी नियन्त्रणका लागि तीनै तहका सरकारलाई होटल व्यवसायीले सहयोग गदै आएको र आगामी दिनमा पनि सहयोग र सहकार्यका लागि क्रियाशिल रहने संघले जनाएको छ । संघले बिहिवार नै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई भेटी कोभिड विरुद्धको खोप होटल व्यवसायीलाई उपलब्ध गराउन माग गरेको सघका महा सचिव माधव कुमार खनालले बताउनु भयो । संघमा १ हजार १ सय व्यवसायीहरुको आवद्धता रहेको छ ।