युवा खेलाडीमाथि हाबी भएका जोकोभिच


फिरोज राजोपाध्याय, काठमाडौं

विश्वका नम्बर एक टेनिस खेलाडी सर्बियाका नोभाक जोकोभिचले आफ्नो १९ औं ग्रान्डस्लाम टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । गएको आइतबार फ्रेन्च ओपन फाइनलमा उनले जसरी खेले त्यसलाई हेर्दा उनले ग्रान्डस्लाम उपाधि संख्या बढाउँदै लाने सम्भावना छ । उनी ३४ वर्षको उमेरका हुन्, तर उनका प्रतिद्वन्द्वी भने २२ वर्षका हुन् । १२ वर्षको ग्याप भए पनि जोकोभिच ग्रीसका युवा खेलाडी सितसिपासमाथि हाबी भएका थिए । चार घण्टाभन्दा बढी चलेको खेलमा आपूmलाई युवा जस्तै तन्दुरुस्त भएको पनि साबित गरे । जोकोभिचले यो पनि प्रमाणित गरिदिए कि उमेर अंक मात्र हो र बढ्दो उमेर ठूल्ठूला उपाधि जित्न बाधक हुँदैन ।

यद्यपि, सितसिपासले पहिलो दुई सेट जितेर जोकोभिचलाई १८ ग्रान्डस्लाम उपाधिमै सीमित राख्ने तय गरेका थिए । अक्सर बिग थ्री ले चिनिने राफाल नडाल, नोभाक जोकोभिच र रोजर फेडरर सेट डाउन भएपछि झनै आक्रमक बनेका हुन्छन् । जोकोभिच बिग थ्रिका खेलाडी भएको हुँदा विपक्षी खेलाडीसँग स्तब्ध हुन चाहेनन् । उनले तेस्रो सेटदेखि दिमागी खेल खेलेर प्रतिद्वन्द्वीलाई कुनै मौका नै नदिई उपाधिसमेत जित्न सफल भए ।अझ स्टेडियममा खेल हेर्न आएका दर्शकसमेत जोकोभिचविरुद्धमा थिए । उनीहरूले सितसिपासलाई हौसला बढाइरहेका थिए । जोकोभिचले दुई सेट हारेर पनि बाँकी तीन सेटमा यति सहजका साथ खेले कि सितसिपासलाई जोकोभिचविरुद्ध सर्भिस बचाउन धौ धौ भएको थियो । जोकोभिचको खेलले गर्दा सितसिपासले पहिलोपटक ग्रान्डस्लाम पुगेको अवसरलाई स्वर्णिम बनाउन पनि सकेनन् ।यहाँनेर अनुभवी खेलाडी र नयाँ खेलाडीबीचको भिन्नता प्रष्ट देखियो । पूर्वनम्बर एक खेलाडी राफाल नडालले भने पनि लयमा रहेका जोकोभिचलाई हराउन कठिन छ । नाडाल क्ले कोर्टका किंग प्लेयर भनेर परिचित भएका खेलाडी हुन् । उनले पेरिसको क्ले कोर्टमा १३ ग्रान्डस्लाम उपाधि जितेर एउटा नयाँ कीर्तिमान राखेका छन् । तर, सेमिफाइनलमा जोकोभिचले उनलाई त्यही दिमागी खेल खेलेर चार सेटमा हराइदिएका थिए । जबकी नडाल पहिलो सेट जितेर आफ्नो १४ औं फ्रेन्च ओपन उपाधि जित्नेतिर लम्केका थिए । पहिलो सेट हारेका जोकोभिचले नाडालको मनसायलाई पूरा हुन दिएनन् । यसपछिका तीन सेट सजिलैसँगै जितेका थिए ।

जोकोभिच टेनिसको इतिहासमा दुईपटक चारै वटा ग्रान्डस्लाम उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन् । उनी पछिल्लो ५२ वर्षमा यस्तो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी हुन् । यसअघि, यो कीर्तिमान रोय इमरसन र रड लेभरको नाममा थियो । लेभरले १९६९ मा र इमरसनले १९६७ मा यस्तो कीर्तिमान रचेका थिए । यो उपाधिपछि जोकोभिचको एटीपी टेनिस वरीयतामा शीर्ष स्थान बलियो पनि भएको छ ।
जोेकोभिचको यो दोस्रो फ्रेन्च ओपन उपाधि हो । यसअघि, उनले यो उपाधि सन् २०१६ मा जितेका थिए । फ्रेन्च ओपनमा सबैभन्दा बढी जित्ने कीर्तिमान स्पेनका राफाल नाडालको नाममा छ । उनले यो उपाधि १३ पटक जितेका छन् । जोकोभिच अब स्विट्जरल्यान्डका रोजर फेडरर र नाडालसँग केवल एक ग्रान्डस्लाम पछि छन् । यी दुवै खेलाडीले २०÷२० पटक ग्रान्डस्लाम उपाधि जितेका छन् । पछिल्लो समयमा जोकोभिचले ५ ग्रान्डस्लाम जितेका छन् । यस वर्षको अस्टे«लियन ओपन पनि उनले नै जितेका हुन् ।

जोकोभिचको ग्रान्डस्लाम उपाधि

अस्टे«लियन ओपन २००८, २०११, २०१२, २०१३, २०१५, २०१६, २०१९, २०२०, २०२१
फ्रेन्च ओपन २०१६, २०२१
विम्बल्डन २०११, २०१४, २०१५, २०१८, २०१९
यूएस ओपन २०११, २०१५, २०१८

जोकोभिचको उपाधि

ग्रान्डस्लामः १९
निट्टो एटीपी फाइनल्सः ५
एटीपी मास्टर्स १०००ः ३६
एटीपी ५०० सिरिजः १४
एटीपी २५०ः १०

बिग थ्रीका ग्रान्डस्लाम उपाधि

रोजर फेडरर २० (८ विम्बल्डन, ६ अस्टे«लियन ओपन, ५ यूएस ओपन र १ फ्रेन्च ओपन)
राफाल नाडाल २० (१३ फ्रेन्च ओपन, ४ यूएस ओपन, २ विम्बल्डन र १ अस्टे«लियन ओपन)
नोभाक जोकोभिच १९ (९ अस्टे«लियन ओपन, ५ विम्बल्डन, ३ यूएस ओपन र २ फ्रेन्च ओपन)