युरोकपमा इटालीको सुखद शुरूवात


लन्डन, (एजेन्सी) । 

युरो कप–२०२० को उद्घाटन खेल जित्दै इटालीले सुखद शुरूवात गरेको  छ ।शुक्रबार राति भएको खेलमा टर्कीमाथि ३–० गोलअन्तरको एकपक्षीय र प्रभावशालीजितनिकाल्दै इटालीले युरो २०२० मा सुखद शुरूवात गरेको हो । रोम सहरस्थित स्टाडियो ओलम्पिक रंगशालामाभएको प्रतियोगिताको उद्घाटन खेलमा११ आयोजकमध्येको एक इटालीले उत्कृष्ट प्रदर्शनका साथशानदार जितनिकाल्न सफलभयो ।

टर्कीलाई एक पक्षीय दबा बदिएको उक्तम्याचमा इटालीले खेल भरिमा कुल २४ प्रहार गरेका थिए । जसमध्ये आठ प्रहार अन टार्गेट हानेको थियो । तर, टर्कीले भने खेलभरिमा जम्मामात्रै तीनप्रहार गर्दा एकपटक पनि अन टार्गेट प्रहार गर्न सकेन ।इटालीले खेलमाअग्रताभने आत्मघाती गोलमार्फत पाएको थियो । पहिलो हाफनिकै प्रतिस्पर्धात्मक देखिएको खेलमादुवै तर्फबाट कुनै गोल भएन ।तर, दोस्रो हाफशुरू हुनासाथ टर्कीका युवा डिफेन्डर मेरिह डेमिरालले आफ्नै पोस्टमा गोल गर्न पुगे ।खेलको ५३औंमिनेटमा डोमेनिको बेरार्डीको क्रसलाई क्लियर गर्न नसक्दा मेरिह डेमिराललाई लाग्दै गोल भएको थियो । बेरार्डीले डीबक्सभित्रक्रस गरेको बलमापोस्ट अगाडि रहेका डेमिरालको छातीमा लाग्दै सजिलै गोल हुनपुगेको थियो ।

सोहीगोलको मद्दतमा इटालीले खेलमा गोलको खाता खोल्यो । त्यसपछि, इटाली खेलमा थप हाबी भयो ।दोस्रो गोल ६६औं मिनेटमा सिरो इम्मोबिलेले गरे । उनले गोलकिपरबाट रिबाउन्ड बलमापोस्ट अगाडिबाट सहजै बललाई जाली चुमाएपछि इटालीले खेलमा२–० ले अघि भयो । त्यसपछि, इटालीका लागि तेस्रो गोल खेलको ७९औं मिनेटमा लोरेन्जो इन्सिगेले गरे ।इम्मो बिलेले दिएको पासमाउनले अनमार्क रहेको फाइदाउठाउँदै गोलपोस्टको तल्लो कुनाच्यापेर निकै सुन्दर गोल गरेका थिए । सो गोलपछि खेल इटालीले ३–० ले जित्यो । जितसँगै इटालीले समूह ‘ए’ मा तीनअंक जोडेको छ । योसँगै अन्तर्राष्ट्रिय म्याचमा इटालीले आफ्नो अपराजित खेल संख्या २८ पु¥याएको छ ।