अन्तर्राष्ट्रिय पर्वत समाजको लाखौँको स्वास्थ्य सामाग्री सहयोग

294
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

बैदेशिक रोजगारीका सिलसिलामा प्रवासी जीवन बिताईरहेका अन्तराष्ट्रिय पर्बत समाजमा आबद्द पर्बतेलीहरुले पर्बतमा लाखौको स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।केही दिन अघि १२ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको समाजले शुक्रबार मात्रै पर्बत जिल्लाको लागि थप ११ लाख बराबरको १२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो । समाजले बैदेशिक रोजगारीमा रहेका पर्बतेलीहरु सङ्गको सहकार्यमा उक्त सामग्री ब्यबस्थापन गर्न सहज भएको महासचिव गुणराज शर्मा पौडेलले जानकारी दिनुभयो ।

पर्बत समाजले सहयोग संकलनका लागि हितकाजी गुरुङको संयोजकत्वमा बैठक आह्वान गरी आवश्यक निणर्य सहित समिति गठन गरेको थियो । बैठकले सुवास जोशी(सन्तोष)को संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेपछि सोही समितिको सक्रियतामा रकम संकलन गरी सहयोग गर्न सफल भएको महासचिव शर्माले बताउनुभयो । चीनमा अक्सिजन कन्सनट्रेटर मेसिन खरिदका अन्तर्राष्ट्रिय पर्बत समाजका संरक्षक महेश श्रेष्ठले समन्वय गर्नुभएको थियो भने चीनदेखि पर्वतसम्म पु¥र्याउनका राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो ।

सामग्री लिएर पर्वतसम्म आइपुग्नुभएका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले शुक्रबार पर्वतमा आयोजित कार्यक्रममा प्रवासीहरुको जन्मभूमि प्रतिको मायाको प्रशंसा गर्दै जन्मभूमि दुख्दा प्रवासीहरु एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले अन्तराष्ट्रिय पर्वत समाजले जन्मभूमि प्रति दर्शाएको सदासयताको कदर गर्दै माटोको माया जुनसुकै कुनामा गएपनि भुल्न सकिदैन भन्नुभयो । महामारीमा जिल्लामा सहयोग गरिएको समाजका प्रमुख संरक्षक हितकाजी गुरुङ्ले बताउनुभयो ।

समाजका प्रमुख संरक्षक हितकाजी गुरुङको संयोजकत्वमा कुल आचार्य, सुबाश जोशी ( सन्तोष), पुरन गिरी, गुण राजशर्मा (पौडेल) सदस्य रहेको बैठकले पर्वत जिल्लाका सात पालिकाहरुमा स्वास्थ्य सामग्री सहयोग गर्ने निणर्य गरेको थियो ।आर्थिक संकलन समितिमा संयोजक जोशी सहित झलक केसी बेल्जियम, परशुराम पौडेल युएई, दिपिका भुषाल ईजरायल, ईश्वर जोशी–जापान, गोविन्द पौडेल अमेरिका, बाबुराम शर्मा अमेरिका र अन्तराष्ट्रिय पर्बत समाजका सदस्य तथा सस्थाका अध्यक्षहरु रहने समिति गठन गरिएको थियो ।

सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका संरक्षक गोविन्द सुवेदीले पर्वतबाट प्रवासी जीवन विताइरहेका पर्वतेलीहरु दुःखमा सँधै एकजुट हुने गरेको स्पष्ट पार्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री लगायतको उपस्थिति रहेको थियो ।