महानगरपालिकालाई प्लेइिङको प्रेम

896
Shares

न्युज अफ नेपाल, ललितपुर ।

प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनले ललितपुर महानगरपालिकालाई दुई वटा अत्याधुनिक फोग मेसिन प्रदान गरेको छ । पुल्चोकस्थित महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच फाउण्डेशनका प्रमुख सल्लाहकार विसन्तर शाक्य, अध्यक्ष ईश्वर बज्राचार्य, उपाध्यक्ष प्रवीणबहादुर शाक्य र सदस्य सुजन बज्राचार्यले संयुक्त रुपमा मेयर चिरिबाबु महर्जन तथा उपमेयर गीता सत्याललाई सो मेशिन हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मेयर महर्जनले मेशिन हस्तान्तरणले कोरोना संक्रमण नियन्त्रण र रोकथाम गर्ने कामा महानगरपालिकाको हौसला बढाएको धारणा राख्नुभयो । सो मेसिन महानगरपालिकाले विभिन्न संंस्थासंग मिलेर सञ्चालन गरिरहेको सुनाकोठी र बागडोल आइसोलेसन कक्षमा निसंक्रमणको लागि प्रयोग गरिने पनि उपप्रमुख गीता सत्यालले जानकारी दिनुभयो ।

सो कार्यक्रममा फाउण्डेशनका अध्यक्ष ईश्वर बज्राचार्यले महामारीको बेला संस्थाको तर्फबाट अत्यावश्यक फोग मेसिन सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । फाउण्डेशनका प्रमुख सल्लाहकार बिसन्तर शाक्यले अहिलेको समयमा महानगरपालिकाले ‘सबैसंग सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो । महानगरपालिका वा व्यक्ति विशेष एक्लै लागेर मात्र हुन्न ।

सबैको सहयोग र सहकार्यको विकल्प छैन ।’ प्रमुख सल्लाहकार शाक्यले भन्नुभयो । फाउण्डेशनका उपाध्यक्ष प्रवीणबहादुर शाक्यले चीनको वुआन शहरमा पनि कोराना महामारीको समयमा यसै फोग मेसिनबाट सेनिटाईज गरिएको उल्लेख गर्दै यस अघि यस किसिमको मेसिन महानगरपालिका– १६ वडालाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।