राष्ट्रपतिलाई भेट्न आज पनि प्रधानमन्त्री ओली शितल निवासमा

4.9k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । मंगलबार(हिजो) साँझ शितल निवास पुगेका ओली आज पनि राष्ट्रपतिसँग भेटवार्ता गर्न त्यहाँ पुगेका हुन् । नियमित भेटघाट र छलफलका लागि प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय पुगेका बताइएको छ ।

राजनीतिक घटनाक्रम जटिल बन्दै गर्दा राष्ट्रपति र प्रधानमन्त्रीको भेटघाट बाक्लिँदै गएको देखिन्छ ।