नेपालको लक्ष्य अब एशियन कपमा पुग्ने


नेपाल समाचारपत्र, काठमाडौं । 

जोर्डनसँग हार पछि नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने आस समाप्त भयो भने एशियन कपको तेस्रो चरणमा पुग्ने लक्ष्य बनेको छ ।
आगामी वर्ष कतारमा हुने विश्वकप २०२२ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल जोर्डनसँग ३–० ले हारेको हो । मंगलबार राति कुवेतको तटस्थ मैदानमा नेपालको प्रदर्शन औसत देखिएको थियो । नेपाल यसअघि यसै प्रतिद्वन्द्वीविरुद्ध अबे खेलमा ३–० ले नै हारेको थियो । नेपालले समूहमा अब अन्तिम खेल अस्टेलियासँग खेल्नेछ ।

त्यसो त चाइनिजताइपेइलाई हराएपछि नेपालको विश्वकप तेस्रो चरणको सम्भावना गणितीय हिसाबमा मात्रै बाँकीथियो । तर, जोर्डनसँग हारेपछि यो झिनो सम्भावना पनि सकियो ।समूहमा ६ अंक जोडेको नेपालले एशियन कपको तेस्रो चरण छनोटमा खेल्न अष्ट्रेलिया लाई हराउनु पर्ने दबाब बनेको छ । नेपाल यस समूहको चौथो स्थानमै रहने पक्का छ ।नेपालको लागि अष्ट्रेलियालाई हराउनत्यति सजिलो देखिँदैन ।पहिलो लेगमा अष्ट्रेलिया सँग नेपाल ५–० ले हारेको थियो ।त्यतिबेलाकोच अर्कै थिए । तर, अहिले आएका नयाँ कोचले नेपाली टिम बिल्कुलै फरक ढंगले संरचना गरेका छन् । धेरै जसो नयाँ खेलाडीको आगमनले नेपालको लागि अअष्ट्रेलिया  जस्तो एशियाको पावरहाउस टिमसँग खेल्न कठिन नै हुनेछ । अष्ट्रेलिया यो समूहमाशीर्ष स्थानमा रहेको टिम हो भने विश्वकपसमेत खेलिसकेको टिम हो ।

नेपालले एशिया कप तेस्रो चरणको छनोट खेल्नका लागि अन्य समूहको टिमको प्रदर्शनमा भरपर्नु पर्नेछ । छनोटको प्रावधान अनुुसार एशिया महादेश अन्तर्गत ८ समूहका चौथो स्थानमा रहनेमध्ये ४ टिम तेस्रो चरणमा स्थान बनाउने छन् । पुछारका चौथो र पाँचौ स्थानहासिल गर्ने टिमले प्लेअफ खेल्नु पर्ने हुन्छ । यसमध्ये समूहएचमा रहेको टिम उत्तर कोरियाले नामफिर्ता लिइसकेको छ । यसले गर्दा नेपाललाई घाटा पु-याएको छ ।नेपाल शुक्रबार रातिहुने खेलमा अष्ट्रेलिया सँगहारेमा एशियनकप छनोटको तेस्रो चरणमा सिधै पुग्न सक्नेछैन । नेपालले तेस्रो चरण छनोट खेल्न प्लेअफमा आफ्नो भाग्यनिर्धारण गर्नुपर्ने हुन्छ । अहिलेसम्म गुआम, चाइनिजताइपेइ, क्याम्बोडिया, बंगलादेश, श्रीलंका र इन्डोेनेसियाआ–आफ्ना समूहमा पुछारमा रहने पक्काभइसकेका छन् ।प्लेअफमा रहने १२ टिममा दुई वटै लेग जित्ने ६ टिमले एशियनकपको तेस्रो चरणमा छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछन् । पराजयभएकाबाँकी रहेका ६ टिमलाई अर्को अवसर प्रदान गरिनेछ । यसमाविजयीहुने ३ टिम भाग्यमानी बन्दै एशियनकपको छनोट तेस्रो चरणमा पुग्नेछन् । यसपछि,एशियन कप तेस्रो चरणमा २४ टिमको प्रतिस्पर्धा हुनेछ भने १२ टिम एशियनकपमा छनोट हुनेछन् ।

चीनमाहुने एशियनकपअन्तर्गत२४ टिमलाई तेस्रो चरणको छनोटमा ४–४ टिम गरी ६ समूहविभाजित गरिनेछ । प्रत्येक समूहकाशीर्ष दुई टिमले एशियनकपअन्तिम चरणमा स्थानपक्का गर्नेछन् । नेपालको लागिभने कठिन नै देखिन्छ । विश्वकप छनोट चरणबाट बाहिरिएको नेपालले प्लेअफमा यसै विश्वकप छनोटका समूहका चौथो वापाँचांै टिमसँग खेल्नुपर्ने हुन्छ । तर, पहिलो लेगमाहारे पनिदोस्रो लेगमाअवसर भने रहनेछ ।

नेपालको पाँचाै हार

जारी विश्वकप छनोट दोस्रो चरणमा नेपालले पाँचाै हार बेहोरेको छ । समूह‘बी’ मा रहेको नेपालले दुई खेलमाभने जित हात पारेको छ । नेपालले चाइनिज ताइपेइलाई दुवै लेगमा समान २–० ले हराउन सफल भयो । नेपालको विश्वकप फुटबल इतिहासमा दोस्रो चरणमा दुई जित ऐतिहासिक जितको रूपमादर्ता भएको पनि छ । नेपाललाई दुई जित दिलाउन अन्जन विष्टले ३ गोल र नव युग श्रेष्ठले १ गोल गरेका छन् । अन्जनले पहिलो लेगमा ताइपेइविरुद्ध दुवै गोल गरे भने दोस्रो लेगमा एक गोल गरे । दोस्रो लेगमाअर्को गोल भने नवयुगले गरेका हुन् ।

नेपालले हारेको खेलमाभने विपक्षीलाई एक गोल पनि गर्न सकेको छैन । कुवेत विरुद्ध पहिलो लेगमानेपाल७–० ले हारेको थियो । तर, दोस्रो लेगमाभने नेपाल यसै प्रतिद्वन्द्वी टिमविरुद्ध १–० गोलले पराजितभएको थियो । जोर्डनसँगभने दुवै लेगमा समान ३–० ले हारेको नेपाल अष्ट्रेलियामा५–० ले हारेको थियो । योसँगै नेपालले ७ खेल खेलेकोमा १९ गोल आत्मसात गरेको छ भने ४ गोल विपक्षीविरुद्ध प्रहार गरेको छ ।