केएल दुगड समूहद्वारा खाद्यान्न तथा राहत सामाग्री वितरण

378
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

केएल दुगड समुहले बिराटनगरस्थित बसपार्कमा कार्यरत एकसय जना मजदुरलाई शुक्रबार दाल, चामल, तेल, नुन लगायत खाद्य सामाग्री वितरण गरेको छ । कोरोना महामारीका कारण बसपार्कमा दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुरहरुलाई प्रमुख जिल्ला अधिकारी श्री कोशहरि निरौलाको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको थियो । उस्तै उक्त समूहले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४०० जना बिरामी कुरुवाहरुलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको जनाएको छ ।

यस्तै नेपालगञ्जस्थित भेरी अस्पताल सञ्चालित सहुलियत भोजन कार्यक्रममा पनि खाद्यान्न सहयोग गरिहेको छ । दुगड समूहका सहयोगमा उक्त अस्पतालमा जम्मा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको छ । महामारीका कारण दैनिक ज्यालादारी गरी जीवन गुजार्ने व्यक्तिहरुलाई राहत पुगोस् भन्ने हेतूले सहयोग गरिएको भन्दै आगामी दिनमा पनि सहयोगको दायरा बढाउँदै लैजाने समूहले जानकारी दिएको छ ।