मन्त्री भएपछि प्रदीप ज्ञवालीको सम्पत्तिमा के हेरफेर भो ?

616
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

जसपाको महन्थ ठाकुर पक्ष सरकारमा गएसँगै मन्त्रिबाट पदमुक्त भएका निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सम्पत्ति सार्वजनिक गरेका छन् । पदमुक्त भएलगत्तै ज्ञवालीले सामाजिक सञ्जाल मार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक विवरण अनुसार उनले हाल आफ्नो खातामा सात लाख रुपैँया, केही घरायसी समान र दुई सय पुस्तक रहेको जनाएका छन् । ‘हाल मेरो खातामा ७,४१,७७५.६० बचत रहेको र केही घरायशी सामान एवं दुई सयजति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।’ उनले लेखेका छन् ।

त्यस्तै, मन्त्री हुँदा आफ्नो तर्फबाट विदेश भ्रमणवापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक वापतको ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा (लेभी) बुझाएको र पारिश्रमिकको कर कट्टीवापत ३ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको उनले बताएका छन् । यस सँगसँगै आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) मन्त्रालयलाई फिर्ता गरेको र शनिबार पुल्चोकस्थित सरकारी निवास छाड्ने उनले बताए ।