न्युज अफ नेपाल, काठमााडौं ।
नेकपा एमालेबाट निष्कासित नेता माधव कुमार नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा उठेका विषयहरुलाई अन्तिम रुप दिन भन्दै शनिबार स्थायी कमिटीको बैठक बोलाईएको बताइएको छ ।
साथै आगामी कदम कस्तो तय गर्ने भन्नेबारे केन्द्रीय सदस्यहरुको धारणा मागिएको र यसलाई शनिबार स्थायी कमिटीले अन्तिम रुप दिने बुझिएको छ ।
प्रतिक्रिया