मिंग्रे कम्पनीद्धारा क्षेत्रपाटीलाई दुई भेन्टिलेटर सहयोग


न्युज अफ नेपाल, काठमाडौं ।

मिंग्रे कम्पनीले क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा दुई वटा अत्याधुनिक एनेस्थेसिया मेसिन सहयोग गरेको छ ।

क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा कोरोना संक्रमितको निःशुल्क उपचार हुन्छ  गरिन्छ । चिकित्सालयमा ६/६ आईसीयू र एचडीयू बेडसहित ३५ बेड छन् ।  चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठका अनुसार हाल १८ संक्रमित भर्ना छन् ।

अरनिको समाजले तिब्बत सरकारबाट प्राप्त स्वास्थ्यकर्मीले उपचार गर्दा लगाउने पुनः प्रयोग गर्न मिल्ने अत्याधुनिक चार थान ‘हेल्मेट’, अक्सिजन कन्सन्ट्रेटर, मास्क, भाइजर, ग्लोब्सलगायत स्वास्थ्य सामग्री चिकित्सालयलाई प्रदान गरेको छ ।