नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । हिजो देखि शुरु भएको भर्चुअल बैठक आज पनि ११ बजेबाट शुरु हुँदैछ ।

बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र भावी योजना तय गर्नेगरी बैठक चलिरहेको छ ।