कोरोना संक्रमणबाट न्यायाधीश पौडेलको निधन


न्युज अफ नेपाल, काठमाडौं ।

धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । पुनरावेदन अदालत बुटवलका न्यायाधीशसमेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि कोरोना संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको पौडेलले बताए ।