केही खुकुलो बनाएर काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा


न्युज अफ नेपाल ,काठमाडौं । 

काठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा केही खुकुलो भएको छ। जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर एक साताका लागि कडा निषेधाज्ञा गरिएकोमा आजदेखि भने केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था गरिएको हो ।

उपत्यकामा बिहान ९ बजेसम्म किराना लगायत केही पसल खुला गर्न पाइने छ । तरकारी, फलफूल, दूध, मासु, खानेपानी लगायत सेवा एवं किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ । डिपार्टमेन्टल स्टोरमा भने ग्रोसरीमात्र खोल्न दिइने छ । राति ९ बजेदेखि बिहान ९ बजेसम्मको लागि निर्माण सामग्रीको ढुवानीका साधनहरू सञ्चालनको अनुमति दिइएको छ ।काठमाडौंमा बैंक तथा वित्तीय संस्थाको हकमा प्रधान कार्यालय र ३ वटा शाखा वाणिज्य बैंकले, विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा, वित्त कम्पनीले प्रधान कार्यालय र एक वटा शाखा खोलेर सेवा दिन पाउने छन् ।

अत्यावश्य बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालयको सेवा प्रवाह हाललाई स्थगित गरिएको छ । जेठ ३१ गतेसम्म थप गरिएको निषेधाज्ञामा खाद्यान्न पसलदेखि मोटरसाइकल वर्कसपसम्मका केही सेवाहरुलाई भने खुला गरिएको हो ।