लुम्बिनी सरकारले बहुमत पुष्टि गरेर मात्रै बजेट ल्याउनुपर्ने सांसदहरुको माग

308
Shares

यमलाल भुसाल, बुटवल ।

लुम्बिनीमा आर्थिक वर्ष २०७८/७९ को बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा विहिबार छलफल भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रदेशसभामा विधेयकमाथि छलफलको प्रस्ताव पेश गर्नु भएको हो । मन्त्री चौधरीले कोभिडलाई प्राथमिकतामा राखेर बजेटमा प्राथमिकता दिइएको बताउनु भयो । विधेयकमाथि छलफलमा सहभागी विपक्षी दलका सांसदहरुले भने सरकार अल्पमतमा भएकाले बहुमत पुष्टि गरेर मात्रै बजेट ल्याउन माग गरेका थिए । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका सांसद तुल बहादुर घर्तीले निति तथा कार्यक्रम नै नल्याएर एकैचोटी बिनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तबारे छलफल गराएकोमा आपत्ति जनाउनु भएको थियो ।

नेपाली काँग्रेसका सांसद रमा अर्यालले बिनियोजन विधेयक रामायण जस्तो भएको टिप्पणी गर्नु भयो । ‘अंक गणित नै नभएको बजेट कस्तो आउछ’ उहाले भन्नु भयो । उहांले सरकारले १५ दिन अगावै छलफल गर्नुपर्नेमा आवश्यक पर्दा मात्रै संसद खोल्ने प्रवृत्तिले स्वेच्छाचारीता पुष्टि गरेको बताउनु भयो । अर्का सांसद शंकर गिरीले सरकारको बैधानिकतामै प्रश्न उठेकाले पहिला त्यसको सामना गर्नुपर्ने बताउनु भयो । सांसद दामा शर्माले सरकारले बैधानिकता लिएर मात्रै संसदमा बेजट ल्याउनुपर्ने बताउनु भयो । उहांले निति तथा कार्यक्रम नल्याएर एकैचोटी बिनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमाथि छलफल गराइएकोमा आपत्ति जनाउनु भयो ।

यसैगरि राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसिले देश र जनताको समस्याप्रति बर्तमान सरकार अनुदार भएको बताउँदै समाजबाद उन्मूख कार्य नगरेको बताउनु भयो । सांसद विष्णु पन्थीले सरकारले आफ्नै श्रोत व्यवस्थापन गरेर बजेट ल्याउनुपर्ने बताउनु भयो । उहांले बिनियोजन विधेयकमा प्रदेश सरकारको स्थायी संरचना निर्माण गरिने उल्लेख भएको प्रसंगमा अस्थायीबाट अस्थायी संरचनामा नलैजान सुझाव दिनु भयो । । यसैगरि सत्तापक्षका नेकपा एमालेका सांसद तुल्सीराम चौधरीले सरकारले कोभिडलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताउनु भयो ।

अर्का सांसद रेवतीरमण शर्माले गत वर्ष कोभिड नियन्त्रणमा सरकारले राम्रो काम गरेको बताउनु भयो ।यसैगरि सांसदहरु कमलादेवी विश्वकर्मा, दीपा विश्वकर्मा, इन्द्र प्रासद खरेल लगायतले संसदलाई छलेर बजेट ल्याउन सक्ने भन्दै त्यसो नगर्न समेत सुझाव दिएका थिए । बिनियोजन विधेयकमाथि छलफलका क्रममा विपक्षी सांसदहरुले सरकारको बैधानिकता र नियतबारे प्रश्न उठाएपछि मन्त्री चौधरीले सरकारसँग स्पष्ट बहुमत भएको भन्दै बहुमतको सरकारले संसद छलेर कुनै काम नगर्ने बताउनु भयो । बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले किटनासक विषादी नियमन गर्न बनेको विधेयक सदनमा पेश गर्नु भएको छ । प्रदेशसभाको अर्को बैठक जठ २५ गते दिउँसो ३ बजे बस्ने सभामूख पूर्ण बहादुर घर्तीले जानकारी दिनु भयो ।