कर्णाली सरकारमा सहभागी हुँदै काँग्रेस

574
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली काँग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भइरहेको  कांग्रेस कर्णालीका एक नेताले बताएका छन् ।

यसअघि प्रतिपक्षमा रहेको कांग्रेसले नेकपा विभाजन भएसँगै बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको थियो ।