देशभर फैलिएको कोरोना महामारीको अवस्थाप्रति चिन्तित छौं : पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती

560
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीले आफ्नो स्वास्थ्यलाई लिएर चासो र चिन्ता लिने सबैलाई धन्‍यवाद दिएका छन् ।

बिहिबार सामाजिक सञ्‍जालमा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति हामी आभार व्‍यक्त गर्दछौं ।’

त्यस्तै, देशभित्र लगाएत विश्वभर फैलिएको कोरोना महामारीको अवस्थाप्रति आफूहरु चिन्तित रहेको बताउँदै पूर्वराजा शाहले भने, ‘अहिले हामी दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा छौं । तर देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौं ।’