टेकुस्थित कवाडी गोदाममा भीषण आगलागी, आगो नियन्त्रण बाहिर (तस्वीरसहित)

10.5k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

टेकुस्थित काठमाडौँ महानगरपालिकाको कवाडी गोदाममा भीषण आगलागी भएको छ । अपरान्ह १२ बजे आसपासको समयमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र र सेनाको टोलीलगाएत काठमाडौँ र ललितपुरको दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ । कवाडी संकलन गोदाममा टेलिफोनका तारसमेत जलेर नष्ट भएका छन् । आगो लागेसँगै घटनास्थलमा टेकुलगाएत कालिमाटीमा बसोबास गर्ने मानिसहरुको घुइचो लागेको छ । अत्याधिक भिड भएपछि प्रहरीले आगो निभाउनुका साथै मानिसहरलाई आफ्नो स्थानमा र्फकाउने प्रयास गरिरहेको छ । आगो अझै फैलिने क्रममा रहेको छ भने लाखौँको क्षति हुने आँकलन गरिएको छ ।

तस्वीर : दीपक रिजाल