रवि र स्मिताको राजा-रानी


नेपाल आइडल सिजन-२ का विजेता रवि ओड र गायिका स्मिता दाहालको स्वरमा राजा-रानी बोलको गीत म्युजिक भिडियोसहित डिजिटल बजारमा सार्वजनिक गरिएको छ।

गीतमा शब्द र संगीत भीम विसी तथा संगीत संयोजन रिकेश गुरुङको रहेको छ। गीतका म्युजिक भिडियोमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका शिवाकोटी र दिनेश विष्टले अभिनय गरेका छन्।

मौलिक शब्द संयोजनमा तयार पारिएको गीतको भिडियो निर्माणमा धेरै नै मेहनत गरेको देखिन्छ। म्युजिक भिडियो दर्जनौं कोरस डान्सरसँगै सुन्दर ढंगबाट तयार पारिएको छ। म्युजिक भिडियोमा पवन सुस्लिङको छायांकन तथा दिनेश विष्टको निर्देशन रहेको छ।