यूएई इनासद्वारा पीपीई सहयोग


हेटौंडा, (नेस)।

कोरोना संक्रमणको दोस्रो लहरले मकवानपुरलाई पनि प्रभाव पारेपछि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईले सहयोग पठाएको छ।

इनासले पठाएको पुनर्प्रयोग गर्न मिल्ने ३५ थान पीपीई हेटौंडा अस्पताललाई हस्तान्तरण गरिएको हो। नेपाल तरुण दल हेटौंडा नगर कार्यसमितिको संयोजकत्वमा उक्त सामान हेटौंडा ल्याइएको हो।

नेपाली कांग्रेस नगर अध्यक्ष आनन्दराम पराजुली, कांग्रेसको कोभिड अनुगमन समिति संयोजक उत्सव इटेनी, तरुण नगर उपसभापति हेमन्त थापा, सहसचिव सञ्जय पाठक र इनासका तर्फबाट सहजीकरण गर्ने एलिसराज सञ्जेलले पीपीई हस्तान्तरण गरेका थिए।