एमालेका ओली र नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्दै


न्युज अफ नेपाल काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुई समूहले आज छुट्टाछुट्टै बैठक बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक बलाएका छन् । आज अपरान्ह ४ बजे बस्ने बैठकमा १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको छ।

यस्तै केही समयदेखि समानान्तर गतिविधि गरिरहेका र ओली पक्षबाट निस्कासनमा परेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पनि आज केन्द्रीय समिति बैठक बोलाएको छ। यो बैठक भर्चुअल रूपमा बस्नेछ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज आचार्यले बताए।