ज्यापू भवनको आइसोलेसनमा संक्रमित ढुक्क हुँदै

8.3k
Shares

सुनील महर्जन, ललितपुर ।

ललितपुर महानगरपालिका–४ बागडोलस्थित ज्येष्ठ नागरिक तथा आनन्द निकेतन ९ज्यापू भवन० आइसोलेसन कक्षमा तीन सातायता १ सय ३२ जना कोरोना संक्रमित बास बसिसकेका छन् ।
बैशाख २५ गते यता १ सय २ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । हाल २८ जना संक्रमित रहेको सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विकास अधिकारीले जानकारी दिनुभयो ।त्यस मध्ये ३० वर्षीय एक जना दृष्टिविहीन युवा पनि छन्।सो कक्षमा १ सय १० शैय्या राखिएका छन् ।

आफ्नो घरमा छुट्टाछुट्टै कोठा र शौचालयको अभावका कारण भौतिक दुरी कायम गरी बस्न कठिनाई भएकोले कक्षमा बस्न आएको संक्रमितहरुले बताएका छन् । व्यवस्थापन पक्ष र सेवा सुविधा प्रभावकारी रहेको उनीहरुको भनाई छ ।त्यस्तै संक्रमणबाट मुक्त भई घर फर्किनेमा महानगरसंगै ललितपुरका विभिन्न स्थानीय तह, काठमाडौं, कीर्तिपुर, भक्तपुर र विभिन्न जिल्लामा बसोबास गर्ने मानिस रहेका छन् ।
कार्यकारी निर्देशक अधिकारीका अनुसार आइसोलेसन कक्षमा बस्ने संक्रमितहरुलाई पौष्टिक आहार, टुथपेष्ट, चप्पल, रुमाल लगायत दैनिक अत्यावश्यक सामग्री समूहले निशुल्क उपलब्ध गराउँदै आएको छ । संक्रमितहरुलाई टेलिफोन लगायत अत्यावश्यक सेवा पनि दिँदै आएको छ ।

आइसोलेसन कक्षमा दिन र रातमा गरी दुई/दुई जना नर्सले बिरामीको हेरविचार गर्दै आएका छन् । त्यस्तै बिरामीको जाँच र आवश्यकता अनुरुप काउन्सिलिङका लागि डा। छविन्द्र गैरे, डा। सुमन श्रेष्ठ, डा मनिष मिश्र र डा। बिकी रौनियार पालैपालो खटिरहनुभएको छ । चिकित्सकको टोलीले संक्रमितको मनोबल उच्च हुँदा कोरोनासँग लड्न अझ सहज हुने भएकाले संक्रमितलाई मनोचिकित्सक परामर्श सेवा पनि दिँदै आएको डा गैरेले बताउनुभयो ।
सुन्दर ढोकाले ललितपुर महानगरपालिका र ज्यापू समाज,यलसंग मिलेर सो कक्ष सञ्चालन गरेको हो ।आइसोलेसन कक्षका लागि ज्यापू समाज यलले स्थान उपलब्ध गराएको थियो। बेड र स्वास्थ्यकर्मीको व्यवस्था महानगरपालिकाले मिलाएको थियो। महानगरका प्रमुख प्रशासकीय अधिकृत तथा ¥यापिड रेस्पोन्स टिमका संयोजक गणेश अर्यालले कोरोना संक्रमितहरु बढ्दै गएको अवस्थामा विभिन्न संघ संस्थासंग समन्वय गरी महानगरपालिकाले आइसोलेसन सेन्टर बनाएको बताउनुभयो ।

कक्षमा बस्नेलाई आहार खुवाउने, जटिल अवस्था आइपरेमा अस्पतालसंग समन्वय गरेर अस्पताल पु¥याउने लगायत दैनिक व्यवस्थापन सुन्दर ढोकाले गर्दै आएको कार्यकारी निर्देशक अधिकारीले बताउनुभयो।
‘कक्षमा स्वास्थ्य उपकरण, जटिल अवस्था आएमा अस्पताल पु¥याउने, अक्सिजन, एम्बुलेन्स लगायत अत्यावश्यक सामग्री सबै उपलब्ध रहेको सेवाले जनाएको छ । संक्रमितहरुलाई दिनरात नभनिकन खटेर सेवा दिइरहेका छौं।’ निर्देशक अधिकारीले भन्नुभयो ।आइसोलेसन कक्षबाट निस्किने फोहोरबाट कोरोना संक्रमण हुन नसक्ने गरी व्यवस्थापन गर्दै आएको समूहले जनाएको छ । महामारीको बेला बहुजन सुख र हितको लागि भवन उपलब्ध गराउन पाएकोमा मानसिक सुखको अनुभव भएको ज्यापू समाज यलका अध्यक्ष चन्द्र महर्जनको भनाई रहेको छ ।