पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि, १०१ को मृत्यु

1.8k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै आज १०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप ७२१९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।