चौधरी उद्योग ग्रामको बियर प्लान्टमा लागेको आगो नियन्त्रणमा


न्युज अफ नेपाल ,रुपन्देही ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राममा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ ।आगालागी नियन्त्रण गर्न दुई वटा दमकल, सेना, सशस्त्र र जनपद प्रहरी, उद्योगका कर्मचारी र स्थानीयवासीले लगातार प्रयास गरेका थिए ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार बुधबार बिहान ८ बजेबाट उद्योगको वियर प्लान्ट र गोदाममा आगलागी भएको थियो । वियरका कार्टुनहरु भएका कारण आगो छिटो फैलिएको थियो । आगलागी विद्युत सर्ट भएको अनुमान गरिएको छ । आगलागीबाट ठूलै क्षति भएको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।