फ्रान्सले अनुदान दिएको स्वास्थ्य सामग्री काठमाडाैं आइपुग्यो


न्युज अफ नेपाल ,काठमाडौं ।

कोभिड १९ रोकथामका लागि फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ । फ्रान्स सरकारले सहयोग स्वरुप दिएको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस रेस्पिरेसन तथा कन्सुमेल लगायत सामग्री बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री नेपाल ल्याइएको हो ।

त्रिभुवन विमानस्थलमा बुधबार नै नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।