चीनमा एक पुरषमा भटियो बर्ड फ्लू


न्युज अफ नेपाल काठमाडौं ।

चीनमा ४१ वर्षीय पुरुष बर्ड फ्लूको एउटा दुर्लभ प्रकारको संक्रमण पुष्टि भएको छ। चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको बताइएको छ।

अधिकारीहरूले उनलाई कसरी सङ्क्रमण सर्‍यो भन्ने विषयबारे विस्तृत विवरण दिएका छैनन्। तर  एच१०एन३ बर्ड फ्लूकाे नाम दिइएको उक्त प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिन्छ। ती व्यक्ति जाङ्सू प्रान्तका निवासी भएको र उनमा बर्ड फ्लू सङ्क्रमण भएको गत साता निदान गरिएको थियो। तर अहिले उनी निको भएर घर फर्किसकेको बताइएको छ।