राजा वीरेन्द्रको वंशनाश भएको दरवार हत्याकाण्डको २० बर्ष पुरा !


न्युज अफ नेपाल ,काठमाडौं ।

राजा विरेन्द्रको वंशनाश हुने गरी राजपरिवारको हत्या भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो।

नारायणहिटी दरवारमा भएको पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो।

२० बर्ष पुरा हुँदा समेत हत्याकाण्डको रहस्या खुल्न सकेको छैन् । दरवार हत्याकाण्डको छानबिन गर्नको लागि छानबिन समिति बनेपनि सत्यतथ्य सार्वजनिक हुन सकेको छैन् । नेपालमा मात्र नभई विश्वमा नै चर्चित बनेको दरवार हत्याकाण्डको रहस्य अहिले पनि गर्भमै रहेको छ ।