उज्वल थापाको भेन्टिलेटरमा उपचार हुँदै

3.3k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । थापाको कोरोना रिपार्ट नेगेटिभ आए पनि स्वास्थ्य अवस्थामा खासै सुधार हुन नसकेको विवेकशील साझाका एक नेताले जानकारी दिए । । हाल उनकाे राजधानीस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको छ ।

थापा नेपाली राजनीतिमा वैकल्पिक राजनीतिको पक्षमा अनवरत खटिँदै आएका छन् । सादा जीवन उच्च विचारका पर्याय नेता जनअधिकारका हरेक सवालमा सक्रिय रुपमा अग्रपङ्क्तिमा देखिन्छन् । उनी एकमात्र यस्ता नेता हुन् जो पार्टी अध्यक्षमा आफ्नो कार्यकाल सकिएपछि पदमा दोहोरिएनन् । नयाँ पुस्तालाई अगाडि सार्ने भन्दै उनी पार्टीको चुनावमा उठेनन् ।