चीनले सहयोग स्वरुप उपलब्ध गराएको ८ लाख डोज खोप नेपाल आइपुग्यो

714
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ । खोप नेपाल वायु सेवा निगमको एअर बस ३३० जहाजमार्फत काठमाडौँ आइपुगेको हो ।

गत बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङ्ग र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको टेलिफोन वार्ताको क्रममा जिनपिङ्गले १० लाख मात्रा खोप उपलब्ध गराउने बताएका थिए । सोही प्रतिवद्धता अन्तर्गतको ८ लाख डोज खोप ल्याइएको छ भने बाँकी खोप तिब्बत सरकारले प्रदान गर्ने र युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले निस्शुल्क नेपाल ल्याइदिने भएको छ।